लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम

प्रदेश कार्यक्रम व्यवस्थापन कार्यालय

रुपन्देही

डा. प्रतिमा विष्ट

वरिष्ठ पशु विकास अधिकृत

रञ्‍जित खनाल

Business Development Officer

सरोज पन्थी

Agroecology Crop Officer

उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) नेपाल सरकारको एक पहल हो। यसमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को सहयोग रहेको छ। यसको उद्देश्य कृषिलाई समावेशी, कृषि-पारिस्थितिक प्रणाली (agroecological) र लाभदायक कृषि-खाद्य प्रणालीमा रूपान्तरण गरी गरिबी न्यूनीकरण गर्नु र साना किसानहरूको resilience लाई सुदृढ पार्नु हो। यो कार्यक्रम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा लागु गरिएको छ, जसले महिला, युवा र पिछडिएका समुदायहरूको विशेष सहभागितामा गरिब साना किसान परिवारहरू, उत्पादक संस्थाहरू (POs) तथा सूक्ष्म, साना र मझाैला उद्यमहरू (MSMEs) लाई सहयोग गर्दछ।

लुम्बिनी प्रदेशमा, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (PMOले प्रदेश तथा स्थानीय सरकारहरू र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा कार्यान्वयनको नेतृत्व गर्छ। R-HVAP ले कृषि-पारिस्थितिक उत्पादन, मूल्य शृङ्खला (value chains), उत्पादक संस्थाहरू र साना-मझौला उद्यमहरू, जलवायु उत्थानशील पूर्वाधार (climate-resilent infrastructure), बजार तथा सेवाको पहुँचमा जोड दिन्छ । साथै घरेलु तथा निर्यात बजारका लागि प्रतिस्पर्धी वस्तुहरू उत्पादन गर्ने आत्मनिर्भर कृषि प्रणाली विकास गर्न आवश्यक क्षमता अभिवृद्धिमा जोड दिन्छ।