लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम

प्रदेश कार्यक्रम व्यवस्थापन कार्यालय

रुपन्देही

The Resilient High-Value Agricultural Programme (R-HVAP) is a Government of Nepal initiative supported by the International Fund for Agricultural Development (IFAD), aimed at reducing poverty and strengthening the resilience of smallholder farmers by transforming agriculture into inclusive, agroecological and profitable agri-food systems. The programme covers Lumbini, Karnali and Sudurpashchim Provinces, supporting poor smallholder households, Producer Organizations (POs) and Micro, Small and Medium Enterprises (MSMEs), with a strong focus on women, youth and disadvantaged communities.

In Lumbini Province, the Provincial Programme Management Office (PMO) leads implementation in coordination with provincial and local governments and relevant stakeholders. R-HVAP focuses on strengthening agroecological production, value chains, POs and MSMEs, climate-resilient infrastructure, market and service linkages, and the capacity needed to develop self-reliant farming systems producing competitive commodities for domestic and export markets. The Semlar Agriculture Regional Wholesale Market in Butwal, Rupandehi is one of the programme’s major investments to strengthen aggregation and connect agricultural products with domestic and export markets.

उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) नेपाल सरकारको एक पहल हो जसमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को सहयोग रहेको छ। यसको उद्देश्य कृषिलाई समावेशी, कृषि-पारिस्थितिक प्रणाली (agroecological) र लाभदायक कृषि-खाद्य प्रणालीमा रूपान्तरण गरी गरिबी न्यूनीकरण गर्नु र साना किसानहरूको resilience लाई सुदृढ पार्नु हो। यो कार्यक्रम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा लागु गरिएको छ, जसले महिला, युवा र पिछडिएका समुदायहरूको विशेष सहभागितामा गरिब साना किसान परिवारहरू, उत्पादक संस्थाहरू (POs) तथा सूक्ष्म, साना र मझाैला उद्यमहरू (MSMEs) लाई सहयोग गर्दछ।

लुम्बिनी प्रदेशमा, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (PMO) ले प्रदेश तथा स्थानीय सरकारहरू र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा कार्यान्वयनको नेतृत्व गर्छ। R-HVAP ले कृषि-पारिस्थितिक उत्पादन, मूल्य शृङ्खला (value chains), उत्पादक संस्थाहरू र साना-मझौला उद्यमहरू जलवायु उत्थानशील पूर्वाधार (climate-resilent infrastructure), बजार तथा सेवाको पहुँचमा जोड दिन्छ । साथै घरेलु तथा निर्यात बजारका लागि प्रतिस्पर्धी वस्तुहरू उत्पादन गर्ने आत्मनिर्भर कृषि प्रणाली विकास गर्न आवश्यक क्षमता अभिवृद्धिमा जोड दिन्छ। रूपन्देहीको बुटवलस्थित सेमलार कृषि क्षेत्रीय थोक बजार, उत्पादन सङ्कलनलाई सुदृढ पार्न र कृषि उपजलाई आन्तरिक तथा निर्यात बजारसँग जोड्नका लागि यस कार्यक्रमको प्रमुख लगानीहरूमध्ये एक हो।